मौसमी रुघाखोकीबाट सचेत बनौँ

अहिले राजधानी लगायत देशैभर मौसमी रुघाखोकीका बिरामीहरु बढ्न थालेका छन् । अस्पतालमा पुग्ने धेरै जसो बिरामीहरु रुघाखोकी तथा छातीको संक्रमण देखिएको विशेषज्ञ डाक्टरहरुले बताएका छन् । इन्फ्लुएन्जा ए–एच १ को संक्रमणबाट संक्रमित भएर धेरै मानिसहरु मौसमी रुघाखोकीको चपेटामा परेका हुन् । संक्रमण भएका बिरामीहरुमा ज्वरो आउने, छाती दुख्ने, सास फेर्न ग्राह्रो हुने, घाटी दुख्ने, जीउ पूरै दुख्ने, थकाई लाग्ने र नाकबाट पानी बग्ने लक्षणहरु देखिएका छन् ।

दिर्घ रोगी भएका, बुढाबुढी, केटाकेटी, दम श्वासप्रश्वासको समस्या भएका भएका, मधुमेह, कलेजो, मुटुरोग गर्भवती महिलामा यस भाइरसले बढी सताउने भएकाले विशेष सरसफाइमा ध्यान पुयाउन विशेषज्ञहरुले आग्रह गरेका छन् । सामान्य रुघाखोकी भन्दैमा हेलचेक्राई नगर्न र छिटो संक्रमण फैलिने भएको मौसमी रुघाखोकी लागेका बिरामी मानिसहरुलाई भिडभाड हुने क्षेत्रमा नजान पनि डाक्टरहरुले आह्वान गरेका छन् ।

सकेसम्म घरमा बसेर उपचार गर्ने, तातो पानी र झोलिलो पदार्थ बढी सेवन गर्ने, शरीरलाई न्यानो बनाई राख्ने र बाफ लिनाले यो भाइरस छिटो निको हुने विशेषज्ञहरु बताउँछन् । तसर्थ मौसमी रुघाखोकी र ज्वरोको संक्रमणबाट बच्न नियमित सरसफाई र स्वस्थ आहारविहार अपनाउन जरुरी छ । मौसमी रुघाखोकी र ज्वरोले सताई हालेमा चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गरेर आराम गर्न विशेषज्ञहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.