पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठले पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन गरेका छन् । धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा/पित्तल/ढलौटका मूर्तिहरु, ढुंगाका मूर्ति, संस्कृति झल्काउने भेषभूष, गरगहना, मुकुण्डोसहित संग्रहालयको निर्माण गरिएको छ । पुरातात्विक महत्वका छैठौं शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला, लिच्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तकहरु, प्राचिन मुद्राहरु, छाप तथा अन्य मूर्त अमूर्त सम्पदाका सामग्रीहरु संग्रहालयको मुल आकर्षण रहेको छ । 
नेपाल इन्भेष्टमेण्ट बैंकले पशुपति विकास कोषलाई पुर्ननिर्मित पशुपति संग्रहाल महास्नान घर हस्तान्तरण गरेको छ । पशुपति संग्रहालय महास्थान घर परियोजनामा ५ करोड १४ लाख र पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको बैंकले जनाएको छ । उट्घाटन समारोहमा नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे कोषको उच्च अधिकारी र कर्मचारीहरुको उपस्थिति थियो ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै कला, संस्कृति, एवम् खेलकुदको संरक्षण तथा प्रवर्धन लागि सधै सहकार्य गर्दैआएको छ । । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका विभिन्न मठमन्दिर, पाटीपौवा तथा घाट आदिको पुननिर्माण एवम् जात्रा, पर्व आदिको प्रवर्धनमा  बैंकको सामाजिक उत्तरदायीत्व कार्यक्रम  अन्तर्गत आर्थिक सहयोग मात्र नभई बस्तुगत रुपमै सम्पदाको संरक्षणतथा प्रवर्धन गर्दैआएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.