तिहारको पौराणिक महत्व

तिहार कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ ।

नेपालीहरुको महान चाड बडा दशै सकिए संगै अर्को ठूलो पर्व तिहार नेपाली हरुको घर आगनमा आइसकेको छ। घर आगन छेउ करेसा बारी वरपर सयपत्री, मखमली ढकमक्क फुलेर फुलै फुलको पर्व तिहारलाई स्वागत गरिरहेका छन।

यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ ।

हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन्। हिन्दू धर्मशास्त्रको पौराणिक कथा अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई टीका आशीर्वाद प्राप्त गरि मनाएको हुँदा तिहारको पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।

यसरी बहिनी यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग” भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्’ भन्ने वरदान मागेको कथामा उल्लेख छ।

यसरी यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको छ ।

यमपञ्चकको पहिलो दिन काग तिहार, दोश्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार लक्ष्मी पुजा, चौथो दिन गोवर्धन पुजा र पाँचौ दिन भाइ टीका अर्थात् भाइ पुजा गरेर समापन हुन्छ।

तिहारमा धन-ऐश्वर्यकी देवी लक्ष्मीको पूजा-आराधना गरिन्छ । गाईको गोबरले घर-आगँन लिपपोत गरेर, सबैतिर गहुँत छर्किएर घरलाई पवित्र बनाउने गरिन्छ । त्यसो त गाईलाई लक्ष्मी माताको प्रतीक पनि मान्ने गरिन्छ ।

बहुगुणी प्राणी गाईको गोबरले लिपपोत गरेर, गहुँत छर्किएर पवित्र बनाइसकेपछि फूलमाला, धूपबत्ती बालेर लक्ष्मीको पूजा, ढुकुटी, कुचो, नाङ्लो, तामाका पात्र, आदिको पूजा गरिन्छ । यो दिन आफ्ना सुन,चादी, पैसा, गरगहना, असर्फी पूजा गर्ने चलन छ । यसरी पुजा आरधना गरेमा घर, अफिस, पसल ब्यवसायमा लक्ष्मीको बास हुने, धन सम्पत्ति वृद्धि हुने धार्मिक विश्वास छ ।

यो पर्व दाजुभाइ तथा दिदीबहिनीबीच भेटघाट हुने एवं सम्बन्ध प्रगाढ बनाउने शुभ अवसर पनि हो । दिदीबहिनीद्वारा दाजु भाइलाई कहिल्यै नसुक्ने तेल तथा दूबोले छेकी नओइलाउने मखमली एवं सयपत्री फूलको माला लगाइदिने चलन छ ।

आफ्ना दाजुभाइलाई शत्रुले दु:ख नदिउन भनी ढोकामा ओखर फोरी सप्तरंगी टीका लगाइदिएर मीठा–मीठा परिकार खुवाउने चलन छ । टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा प्रदान गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.