शरण हुमागाईंको ‘छुट्नै लाग्यो अरनिको बस’

काठमाडौं । नेपाली लोक तथा दोहोरी गायक एवं सक्रिय सञ्चारकर्मी शरण हुमागाईंको मौलिक गीत ‘छुट्नै लाग्यो अरनिको बस’ को चर्चा छ यतिखेर । गीतमा शरण हुमागाईं र मनु केसीको आवाज रहेको छ भने लय लिलाराज बाँनियाको छ ।

गायक हुमागाईंकै शब्द संकलनमा तयार भएको गीत प्रेम विषयमा केन्द्रित रहेको छ । संगीत संयोजन विष्णु तामाङ्गको रहेको गीत पारिजात नेपाल रेकडिङ्ग स्टुडियोमा कार्साङ लामाले रेकर्ड तथा अडियो सम्पादन गरेका हुन ।
गीतको भिडियोमा मोडल लिलाराज बाँनिया र मनिषा आचार्यको अभिनय रहेको छ । सुमन्त बानियाँको भिडियो निर्देशनमा तयार भएको यो गीतमा सन्तोष तिमल्सिनाको छांयाकन, सोभना बस्नेतको श्रृंगार र राज धामीको भिडियो सम्पादन रहेको छ । गीत शरण हुमागाई नामको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

गीत १४ हजार भन्दा धेरै पटक हेरिसकिएको छ । दर्शक स्रोताको मायालाई मध्यनजर गरी आगामी दिनमा आफ्नो सांगितिक यात्रालाई निरन्तरता दिने हुमागाईंले काभ्रेपोष्टलाई बताए ।

गीतको भिडियो हेर्न युट्युबमा sharan Humagain वा तलको प्ले बटनमा थिच्नुहोस्ः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.