डायमण्ड म्युजिक अवार्ड २०८० सहभागिता फाराम खुला

काठमाडौं । डायमण्ड म्युजिक अवार्ड २०८० मा सहभागिता जनाउनका लागि फाराम खुलेको छ ।

एन एस म्युजिक प्रा.लि.को आयोजनामा हुने अवार्ड कार्यक्रमको विशेष तयारी भइरहेको आयोजकले जानकारी दिएका छन् ।

अवार्डमा सहभागी हुन इच्छुक गायक, निर्देशक, कलाकार, संघसंस्था, प्राविधिकहरूले सहभागिता जनाउन सक्ने संस्थाले जनाएको छ ।

संस्थाकी अध्यक्ष कुसुम दुलाल (सिम्रन) का अनुसार अवार्डमा विभिन्न ५१ विधामा स्रष्टा एवं कलाकारहरुलाई सम्मान गरिने छ ।

अवार्डमा २०७९ चैतसम्मका गीतहरु सहभागि बन्न सक्ने संस्थाकी अध्यक्ष दुलालले जानकारी दिनुभयो ।

एन एस म्युजिक प्रा.लि.को आयोजनामा भक्तपुरमा हुने कार्यक्रममा राष्ट्रिय भावको गीत, लोक तथा दोहोरी गीत, आधुनिक/पप, भाषाभाषिका गीत, काँठे लोक तथा दोहोरी गीत, नव प्रतिभा, प्रत्यक्ष लाइभ दोहोरी, ग्राफिक्स लगायत सर्वोत्कृष्ट छायाँकार, सर्वोत्कृष्ट सम्पादन, सर्वोत्कृष्ट एरेन्जर लगायतका विधाहरु समावेश हुने सञ्चालक एवं गायक नमराज ढुंगानाले जानकारी दिनुभयो  ।

कार्यक्रम दशैं अगाडि नै सभ्य एवं भव्य रुपले सम्पन्न गर्ने आयोजकको तयारी छ ।

मोडल दुलालले फुल फुल्यो अमला, साथ छोड्यो छायाँले, आमाको काख प्यारो छ, एउटा चिनो लगायतका गीतको म्युजिक भिडियोमा जीवन्त अभिनय गर्नुभएको छ । उल्लेखित चर्चित गीतहरूमा गायक ढुंगानाले स्वर भर्नुभएको हो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.