नेपाली महिला फुटबल टिम र बंगलादेशको खेल आज

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशको दोस्रो फुटबल खेल आज आईतबार हुँदैछ ।

मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बंगलादेशमा रहेको छ ।

मैत्रीपूर्ण खेलमा नेपाली टिमलाई प्रशिक्षक अनन्तराज थापाले नेतृत्व गरेका छन् ।

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो । नेपालका लागि सावित्रा भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा नेपालको तर्फबाट गोल गरेकी थिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.