१०० किलो सुन काण्डमा ६ पक्राउ

काठमाडौं। क्विन्टल सुन काण्डमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी सहित ६ जना पक्राउ परेका छन् ।

भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्टहरु यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेका हुन् ।

राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो ।

हङकङबाट अवैधानिक रुपमा  सुन भित्र्याइएको थियो ।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.