नेपाल इन्भेष्टमेन्ट मेगा बैंक “यूरोमनी अवार्ड फर एक्सेलेन्स २०२३” बाट सम्मानित

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक तेस्रो पटक “यूरोमनी अवार्ड फर एक्सेलेन्स २०२३” बाट सम्मानित भएको छ।

 

वर्षभरिको कार्यसम्पादन, रणनैतिक वृद्धि र आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवा र शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध गराए वापत बैंकलाई “यूरोमनी अवार्ड फर एक्सिलेन्स् २०२३” बाट सम्मानित गरिएको बैंकले उल्लेख गरेको छ ।

 

युरोमनी अवार्डद्वारा NIMB लाई सम्मानित गर्नुको अर्को कारण भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराएकोले नै सम्मानित गरिएको बैंकले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सम्मानित भएको यो तेस्रो पटक हो ।

यस अघि बैंकले यूरोमनी बाट “बेस्ट बैङ्क अफ नेपाल” २०१८ र २०२१ प्राप्त गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.