शोभा त्रिपाठीको तीज गीत ‘नाचौन पिर भुलेर’

काठमाडौं । गायिका शोभा त्रिपाठीको २०८० को तीज लक्षित गीत सार्वजनिक भएको छ । ‘नाचौन पिर भुलेर’ शीर्षक दिइएको गीतमा गायिका त्रिपाठी र गायक खुमन अधिकारीले स्वर दिएका छन् । पिर व्यथा भुलेर जीवन बिताऔँ भन्ने सन्देश बोकेको गीतका शब्दहरु विक्रमबाबु विश्वकर्माले लेखेका हुन् ।

गीतको भिडियोमा अभिनय शोभा त्रिपाठी, संगिता गौतम, खुमन अधिकारी लगायतले अभिनय गरेका छन् । काठमाडौंको पशुपति मन्दिर क्षेत्रमा छायाँङ्कन गरिएको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् ।

बिपी फिल्म्सको ब्यानरमा निर्माण गरिएको भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । गीत ‘शोभा त्रिपाठी’ नामक १ लाख ४८ हजार भन्दा धेरै सब्सक्राइबर भएको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतलाई सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको छोटो समयमा धेरै दर्शक स्रोताको माया मिलेको छ ।

गीतको भिडियो हेर्न युट्युबमा Shobha Tripathi वा तलको प्ले बटनमा थिच्नुहोस्ः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.