केयु स्कूल अफ मेडिकल साइन्सेजको डिनमा प्रा.डा.हुमागाईं नियुक्त

धुलिखेल । काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजको डिनमा प्रोफेसर डाक्टर मनोज हुमागाईं नियुक्त भएका छन् ।

हुमागाई लामो समयदेखि काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजको एसोसिएट डिनका रुपमा कार्यरत रहेका थिए । प्रा.डा. हुमागाईं दन्त चिकित्सा अन्तर्गत पेरियोडोन्टिक्सका प्राध्यापक समेत हुनुहुन्छ ।

प्रा.डा. राजेन्द्र कोजुको डिनको दोस्रो कार्यकाल गत साउन ८ गते सकिएपछि नयाँ डिनमा हुमागाईलाई नियुक्त गरिएको काठमाण्डौ विश्वविद्यालयले जनाएको छ ।

प्रा.डा हुमागाईलाई एक समारोहका बीच काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.