धुलिखेलमा फार्मेसी पसलको अनुगमन

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको नेतृत्वमा धुलिखेल अस्पताल आसपासका क्षेत्रमा रहेका औषधी पसलहरुको अनुगमन निरिक्षण गरिएको छ ।

औषधी पसल फार्मेसीमा औषधि लगायत विषयमा अध्ययन नगरेका व्यक्तिहरुले औषधि विक्री गरेको, फार्मेसी एक व्यक्तिका नाममा दर्ता भएपनि अन्य व्यक्तिले चलाएको औषधि लगायत वस्तु विक्रीवितरण गरेको सूचना गुनासो प्राप्त भएसँगै प्रजिअ पौडेलले आफ्नै नेतृत्वमा अनुगमन गरेका हुन् ।
औषधि पसल सञ्चालन गर्न औषधी व्यवस्था विभागबाट अनुमति पत्र प्राप्त गरेर मात्र सञ्चालन गर्नु पाइने तथा औषधी विक्री गर्नका लागि सोही विषय अध्ययन गरेका ब्यक्तिले मात्र विक्री वितरण लाइसेन्स लिनु पर्ने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले बताउनुभयो ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोतमराज सेढाई, डा.दिपक ढकाल, हरिप्रसाद अधिकारी, जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत परशुराम थापा, धुलिखेल अस्पतालका हिरामान शंखदेव लगायतको सहभागिता रहेको थियो । जिल्लामा सञ्चालनमा रहेका अन्य औषधी पसलहरुको पनि नियमित अनुगमन गरिने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।

धुलिखेल अस्पताल क्षेत्रमा रहेका नीजि औषधी पसलहरु अच्युतम फार्मेसी, निरु फार्मेसी, विजु फार्मेसी, बलराम फार्मेसी, रतनकाजी फार्मेसी, माँ कालिञ्चोक मेडिकल हल, र आरोग्य मेडिकलमा अनुगमन निरिक्षण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.