अडान डे को पुर्व सन्ध्यामा प्रभातफेरी

काठमाडौं । राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता हाम्रो अडान” भन्ने नाराका साथ नेपाल अडिटर्स एशोसियसन (अडान) ले आफ्नो १८औं स्थापना दिवसको पुर्व सन्ध्यामा आज प्रभातफेरी सम्पन्न गरेको छ ।

अडानका केन्द्रिय अध्यक्ष केदारनाथ पौडेलले रिवन काटेर प्रभातफेरीको सुभारम्भ गर्नुभएको थियो ।

बबरमहल चोकबाट सुरुभएको प्रभातफेरी प्रसुतिगृह, त्रिपुरेश्वर,सहिद गेट,भद्रकाली हुँदै बबरमहल आएर समापन भएको थियो ।

प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै अडानका बरिस्ठ उपाध्यक्ष एवं १८औं अडान डे का मुल आयोजक समिती संयोजन बद्री प्रसाद भट्टराईले प्रभातफेरीमा सहभागी सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

साउन २० गते शनिबार बबरमहलस्थित कार्की ब्याक्वेटमा अर्थ मन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरि अडानको १८औं स्थापना दिवस सम्पन्न हुने अडानका प्रथम उपाध्यक्ष एवं १८औं अडान डे का प्रचार प्रसार बिभाग संयोजन डोल प्रसाद दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.