जिल्ला प्रहरी कार्यालय काभ्रे सर्वोत्कृष्ट

धुलिखेल । वार्षिक कार्यसम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बागमती प्रदेशकै सर्वोत्कृष्ट हुन सफल भएको छ ।

नेपाल प्रहरी संगठनको बागमती प्रदेश प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुखहरुबिच आ.व.२०७९÷०८० मा भएको वार्षिक कार्यसम्पादनका आधारमा प्रशंसा पत्र दिइएको हो ।

सम्झौतामा उल्लेखित सूचकहरुको कार्यान्वयनको आधारमा समग्र मूल्याङ्कन हुँदा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक सर्वोत्कृष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुरले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले प्रशंसा पत्र दिँदै काभ्रेका प्रमुख प्रहरी उपरिक्षक भाग्येन्द्र पुरुष ढकाल लगायतका सम्पूर्ण प्रहरीलाई बधाई दिएको छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक किरण राणाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले कार्यसम्पादनलाई अझ बढी सुदृढ, स्तरिय र प्रभावकारी बनाई नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहलाई आगामी दिनमा समेत कुशलतापूर्वक ढंगले सम्पादन गर्नेछ भन्ने अपेक्षा रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.