तेस्रो गैरआवासीय नेपाली संघ विश्व ज्ञान सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । गैरआवासीय नेपाली संघले तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलन आगामी अक्टोबर १७ देखि १८ गतेसम्म काठमाडौंमा आयोजना हुने संघले जनाएको छ । 

आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान सीप प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने सम्बन्धमा समय सापेक्ष नीतिगत पहलका लागि प्रयास गर्दै आएको संघले दाबी गरेको छ । 

विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञानसीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन विगत ५ वर्षदेखि निरन्तर  विश्व ज्ञान सम्मेलन आयोजना गर्दै आएको गैर आवासिय नेपाली संघले जनाएको छ । यसलाई निरन्तरता दिँदै तेस्रो एनआरएन विश्व ज्ञान सम्मेलन (3rd NRN Global Knowledge Convention) काठमाण्डौमा आयोजना गर्न लागेको हो । 

नेपाली, डायस्पोरा, र अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त विज्ञहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यस सम्मेलनको आयोजना गर्न लागिएको हो । विगतका वर्षमा जस्तै यसपटक पनि नेपाल सरकारसहित नेपालका शैक्षिक तथा अनुसन्धनात्मक संघ–संस्थानिजी तथा सरकारीगैरसरकारी संस्था लगायत अन्य सरोकारवालाको उपस्थितिमा सम्मेलन आयोजना गरिनेछ। 

सम्मेलनमा ‘सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी  भन्ने मुल नारा रहेको यो सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार , कृषि र उर्जामा आधारित चार वटा प्लेनरी सेसन सहित ११ विभिन्न विधामा गैरआवासीय नेपाली विज्ञहरुनेपालमा रहनुभएका विज्ञहरुर नेपालसँग जोडिएका विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।  

 विशेषतः दिगो शहरी विकास योजनादिगो कृषि र खाद्य सुरक्षावातावरणप्रकोप र जोखिम व्यवस्थापननवीकरणीय ऊर्जाजैविक प्रविधि र व्यवसायिक अवसरविज्ञान तथा प्रविधीमा लगानी र नीतिहरूडिजिटल र एआई प्रविधिजनसंख्या र जनस्वास्थ्यअर्थतन्त्र र विदेशी लगानीदिगो पूर्वाधार र निर्माण सामग्रीविदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा बृहत छलफल गरिने संघले जनाएको छ ।

म्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरू तथा नेपाल सरकारको पञ्चवर्षीय योजनालाई समेत सम्बोधन गर्ने अपेक्षा संघले अपेक्षा राखेको छ । 

सम्मेलनले विधमान सरकारी नीतिहरूशिक्षा विज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धान लगायतका विषयमा पनि जोड दिनेछ । सम्मेलनमार्फत नेपालमा रहेका तथा गैरआवासीय नेपाली विशेषज्ञवैज्ञानिक तथा अनुसन्धानकर्ताहरुबीच अरु निकट सम्पर्कसहकार्यज्ञानको आदानप्रदान तथा स्थानान्तरणका लागि आह्वान  गरिनेछ । यस्तो आदानप्रदानले आधुनिकीकरण तथा विकासको नेपाली जनताको आकांक्षालाई मूर्त रुप दिन सहयोग पुग्ने विश्वास लिइएको छ । 

सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरु गठन गरिएको छ । सम्मेलनका लागि  ३१ जुलाई २०२३ (श्रावण १५ २०८०) देखि कार्यपत्र आह्वान गरिसकेको छ । साथै अन्य सहभागीहरुको लागि १५ अगष्ट २०२३( श्रावण ३० २०८०) बाट दर्ता सुरु गरिने संघले जानकारी दिएको छ । सम्मेलनको अन्य जानकारी  गैर आवासिय संघको आधिकारिक वेभसाइट बाट प्राप्त गर्न सकिने जना‍इएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.