चखुन्चा खोला खोल्न भयो सहमति,

बुनपामा चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. ६ र ७ बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ को सीमा क्षेत्रमा रहेको चखुन्चा खोला खोल्न डोजर चलाउने क्रममा उत्पन्न विवाद समाधान भएको छ ।

शुक्रबार स्थानीय सरोकार पक्षबीच ३ बुँदे सम्झौता भए पश्चात खोला खोल्ने काम भएको हो । महानगरपालिका वडा नं. ६ र ७ साथै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ को सीमा यकिन गरी नापनक्सा गर्ने सम्बन्धमा शुक्रबार सहमति भएको हो ।

चाबहिलको नापी कार्यालयमा सम्बन्धित वडाध्यक्षसहितका सरोकारवालाहरूबीच सहमति भएपछि ३ बुँदै सहमतिपत्र सार्वजनिक गरेका छन् ।

सम्झौता अनुसार बूढानीलकण्ठ नगरपालिका वडा नं १० र १२ का अध्यक्षबीच धोबी खोलादेखि साततलेसम्म खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको छ ।

त्यस्तै काठमाडौं वडा नं ६ र ७ का अध्यक्षबीच सीमा कायम गरी सोको नाप नक्सा तयार पार्ने सहमति सहमति समेत तय भएको छ ।

सहमतिमा धोबीखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो लगायतकका क्षेत्र जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौँ महानगरपालिकाले पुल निर्माण गर्ने गरि सहमति भएको जनाइएको छ ।

विवाद समाधानपछि काठमाडौं महानगरको डोजर चलेको छ । महानगरले खोलालाई पुरानै अवस्थामा ल्याउन डोजर चलाउने क्रममा बु.न. पा. का मेयर,जनप्रतिनिधिहरु स्थानीय लगायतले बिहीबार विरोध गरेका थिए ।

का म पा र बु न पा को सीमा क्षेत्रबाट बग्ने खोला खोल्ने कार्यमा महानगरले समन्वय नगरेको भन्दै बुनपाका जनप्रतिनिधि र स्थानियले अवरोध गरेका थिए।त्यस क्रममा स्थानीय र महानगर प्रहरीबीच झडपसमेत भएको थियो ।

१५ वर्ष अगाडी चखुन्चा खोला भित्र ठुला ह्युम पाइप हालेर धोबी खोला मुख, पाथीभरा बस्ती, साततले, ओखलढुंगे चोक, मिलन चोक हुँदै कपन फुलबारी टोल सम्मको खोला पुरिएको थियो।

बस्ती बिस्तार संगै परेको पानी जमिनले सोस्ने ठाउँ नभए पछी बुनपाको माथिल्लो भेग, गोकर्णेश्वर जगडोल सम्मको पानी खोला भित्रको ह्युम पाइपमा नअटे पछि सडक मार्ग हुँदै बस्ती बस्तिमा डुबान हुँदै आएको छ।

कपन सरस्वतीनगरका बस्ती डुबानमा पर्न थालेपछी कामपा ६ स्थित सरस्वतीनगर सुधार संघले बिगत ४ वर्ष अगाडी देखि चखुन्चा खोलालाई खोलाकै रुपमा खोल्न दवाब दिदै आएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.