काभ्रे जिल्ला अबकाे शैक्षिक हव बन्नु पर्छ: जिसस प्रमुख गौतम

धुलिखेल। जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले काभ्रे जिल्ला अबको शैक्षिक हब बन्नुपर्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति काभ्रेले विद्यार्थीकाे प्रश्न जिल्ला समन्वय समितिलाई भन्ने अन्तरकृयात्मक कार्यक्रममा गौतमले काभ्रेका विद्यार्थीहरूले काठमाडौंलाई शैक्षिक गन्तव्य बनाउनु दुखद भएको भन्दै काठमाडौ विश्वविद्यालय संचालनमा रहेको काभ्रेपलाञ्चोक जिल्ला अबकाे शैक्षिक हव बन्नुपर्ने बताउनुभयो ।

जिल्लामा शिक्षाकाे अबस्था कस्तो छ भन्ने कुरा विद्यार्थीहरुबाटै बुझ्ने उदेश्यले गत साल देखि सुरु गरिएको उक्त कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएकाे हो । व्यवसायिक र स्वराेजगार मुलक शिक्षा प्रणाली कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल चलाउनु पर्ने बेला आएको जिसस प्रमुख गौतमको जिकिर थियो ।

प्रमुख गौतमले केहि समय अघि जिल्लाका विभिन्न विद्यालयमा भएको यौनजन्य हिंसा तर्फ इंकित गर्दै विद्यालयमा हुने गरेका गलत गतिविधिले समाजलाई कता लैजादै छौ ? भनी प्रश्न गर्नु भएको थियो ।

कार्यक्रममा पचास भन्दा बढी विद्यालयबाट सहभागी विद्यार्थीहरुले फरकफरक विषयमा प्रश्न गरेका थिए।
कार्यक्रममा उठेका प्रश्नकाे सराेकारवाला र सम्बन्धित पक्षले एक एक गरि जवाफ दिएका थिए।

कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, जिसस उपप्रमुख रिम बहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गोकर्ण ध्वज कार्की, स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोत्तम राज सेढाई, जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधिहरू, विद्यार्थी संघठनका प्रतिनिधिहरू एवं सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.