रोशी कालढुंगामा केन्द्रिय प्रशारण लाइन

रोशी । रोशी गाउँपालिका वडा नं. ११ कालढुंगामा कन्द्रिय प्रसारण लाईन जडान भएको छ । वडा नं. ११ को एक सय ३५ घरधुरीमा केन्द्रिय प्रसारण लाईनबाट बिजुली बल्ने भएको हो ।
सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्रसारण लाईनको एमसिबीबक्समा स्वीच अन गरेर शुभारम्भ गरेका छन् ।

सो वडामा केही समय अगाडी ३८ घरमा लाईन जोडिसकेको थियो भने अहिले १३५ घरधुरीमा जडान गरेको हो । वडामा ८ सय घरधुरीमा केन्द्रिय प्रसारण लाईन नभएकोमा एक सय ७३ घरधुरीमा जोडीएको छ । अन्य घरधुरीमा छिटै नै लाईन जोडिने गाउँपालिका अध्यक्ष लामाले बताए । यस भन्दा पहिला सो घरधुरीमा लघुबिद्युतबाट बिजुली बाल्दै आएका थिए ।

केद्रिय प्रसारण लाई जडान भएपछि स्थानीयहरू खुसी भएका छन् । राष्ट्रिय प्रसारण लाईन जडान हुदा दिनरातै बिद्युत आउने भन्दै स्थानीय खुसी भएका हुन् । ‘अब त राष्ट्रिय लाईन आयो हामी केही उद्यम गर्नलाई सहज हुने भयो ।’ रोशी–११ का एक स्थानीयले भने, ‘केही नगरी गर्मीमा सुतेरै बस्छु भन्दा पनि पंखा चलाएर मज्जाले सुत्न पाईयो नी ।’

केन्द्रिय प्रसारण लाईन जडानको लागि ५ करोडमा ठेक्का लागेको भएपनि शाखा लाईनको लागि ३ करोड खर्च भएको छ ।

उक्त प्रसारण लाईन जडान कार्यक्रममा नेपाली कौग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा, वडाध्यक्ष लालकुमार पाख्रिन लगायत स्थानीयहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.