हत्या गरि फरार अभियुक्त जेलभित्रै फेला परेपछि

काठमाडौं । हत्या गरि फरार अभियुक्त जेलभित्रै फेला परेका छन् । २०७४ पुस २९ गते बेलुकाको १० -११ बजेको समयमा मकवानपुर हाँडीखोला, हाल मनहरी गाउँपालिका वडा नं.३ की अप्सरा तिमल्सिनाको हत्या गरि फरार प्रहरी अनुसन्धानको क्रममा जेलभित्रै फेला परेका हुन् ।

ज्यामी काम गर्दै आएकी ५० वर्षे अप्सरा नामले चिनिने नारायणी तिमल्सिनाको हत्या भएको हो । मृतक अप्सराको २०७४ साल पुस ३० गते  दिउँसो ४:३० बजे काठामाडौं महानगरपालिका वडा नं.१४ बल्खु भुवनेश्वरी मन्दिर पछाडि दह डाँडामा लास फेला परेको थियो । टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा लास फेला परेको हो ।

मृतकको शरीरको खानतलासी गर्दा सानो किप्याड मोबाइल फेला पारि आफन्तहरूलाई सम्पर्क गरेर मृतकको सनाखत भएको प्रहरीले जनाएको छ ।

घटना घटेको दिन मृतकसंग बारम्बार बढी फोन सम्पर्क भएका नम्बरहरुको अनुसन्धान गर्दै जादा बढी समय फोन सम्पर्क गर्ने मृतकसंगै ज्यामी काम गर्ने जिल्ला धादिङ मुलपानी तल्लो पोखरा घर भएको शिवराम अधिकारी भएको पुष्टी हुन गएको प्रहरीले जनाएको छ ।

शिबराम अधिकारीको खोजतलास गर्दा निज कर्तव्य ज्यान घटना पश्चात भागेको, परिवारका सदस्यसंग भेटी शिबरामको बारे बुझ्दा मिति २०७४ पुस २९ गते देखी घर नआएको, परिवारका सदस्यलाई फोन सम्पर्क पनि नगरेको प्रहरीले जानकारी पाएको थियो ।

घटना पश्चात शिबराम अधिकारी उदयपुरको कटारी एरिया गई बसेको, केही दिन पश्चात सिराहाको मिर्चैयाँ एरियामा देखा परेको, त्यसको केही दिन पश्चात मकवानपुर पुगी केही दिन पछी धादिङ सल्यानटार एरियामा देखा परेको प्रहरीले जनाएको छ ।

घटना पश्चात प्रहरीको निरन्तर खोजतलासका क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली धादिङ गई खोजी कार्य गर्दा फेला नपरेपछि निरन्तर खोजतलास गर्ने क्रममा निजले पछिल्लो समयमा काठमाण्डौ जिल्ला रामकोट एरियामा तरकारी टनेल संचालन गर्दै आएको भन्ने सूचना प्राप्त भएको थियो ।  सूचना अनुसार प्रहरी टोली त्यो एरियामा गई स्थानिय मानिसहरुलाई शिवरामको फोटो देखाई सनाखत गराउँदा उसको परिवार बस्ने टहरा र टनेल स्थानीय मार्फत पत्ता लागेको थियो । केही समय देखि उक्त मानिस देखा नपरेको स्थानीयले प्रतिक्रिया दिएका थिए ।

अनुसन्धानकै क्रममा शिबरामको श्रीमती नानिमाया अधिकारीले कारागारमा निरन्तर सम्पर्क गरेको देखिएपछी सो सम्बन्धमा त्यो व्यक्तीको बारेमा बुझ्दै जादा अर्जुन अधिकारी भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

शिवरामका आफन्तसंग बुझ्दा थानकोटको चोरी केसमा पक्राउ परि केन्द्रिय कारागार सुन्धारामा थुनामा रहेको कुरा खुल्न आएको हो ।

केन्द्रिय कारागारमा पत्राचार गरी निजको बारेमा बुझ्दा २०७९ कार्तिक ६ गते चोरी गर्दा गर्दै थानकोट प्रहरीले पक्राउ गरेको थियो । २०७९ कार्तिक २९ गते नकवजनी चोरी मुद्धामा ३ बर्ष कैद सजाय सुनाई अर्जुन अधिकारी नाममा  केन्द्रिय कारागारमा रहेको भन्ने जानकारी प्राप्त भएको थियो ।

कारागारबाट अर्जुन अधिकारीको फोटो झिकाई निजको श्रीमती र त्रिपुरासुन्दरी गा.पा. का प्रतिनिधिबाट सनाखत गराउदा निज अर्जुन अधिकारी नभई शिवराम अधिकारी हो भनि सनाखत प्राप्त भएको प्रहरीले जनाएको छ । अनुसन्धान पश्चात पिडितको जाहेरी लिई थप अनुसन्धानको लागी प्रहरी वृत्त कालीमाटीमा पठाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाण्डौंले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.