माण्डब्य बजगाई प्रतिष्ठान काभ्रे शाखा गठन

धुलिखेल । माण्डब्य बजगाई प्रतिष्ठान काभ्रे जिल्ला शाखा गठन भएको छ । काभ्रे जिल्लाभर रहेका बजगाई र माण्डब्य गोत्रियहरुको शनिबार धुलिखेलमा भएको भेलाले मण्डनदेउपुर नगरपालिका वडा नं. ३  (हाल धुलिखेल–३, निवासी) का होमनाथ बजगाईको अध्यक्षतामा प्रतिष्ठानको जिल्ला शाखा गठन गरेको हो ।

शाखाको उपाध्यक्षमा नवराज बजगाई (होक्से), सचिवमा कुल प्रसाद बजगाई (नाला), कोषाध्यक्ष अर्जुन प्रसाद बजगाई (धुलिखेल–९), र सदस्यहरुमा पुरुषोतम बजगाई (नयागाउँ), ईन्द्र प्रसाद बजगाई (सिंगे), राजु बजगाई (नाला), नवराज बजगाई (नाला), बलराम बजगाई (बेथानचोक), राजकुमार बजगाई (ढुंखर्क) र बिदुर बजगाई रहेका छन ।

त्यसैगरी सल्लाहकार समितिमा लोकनाथ बजगाई (नाला), नवराज बजगाई (सञ्चारकर्मी), भुवन बजगाई (नयागाउँ), बल्लभ बजगाई (होक्से), कृष्णबुद्ध बजगाई (बनेपा) र उदय बजगाई (नाला) रहेका छन ।

बजगाई र माण्डव्य बंशको अध्ययन, अनुसन्धान र बंशावली तयार गर्ने र जिल्लामा रहेका बजगाई र माण्डव्यहरुलाई संगठित गर्ने उदेश्यले माण्डव्य बजगाई प्रतिष्ठान गठन गरिएको जनाइएको छ ।

माण्डव्य बजगाई प्रतिष्ठान नेपालको केन्द्रिय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद बजगाई, महासचिव मिन प्रसाद अधिकारी, सचिव भानु बजगाई, कोषाध्यक्ष किशोर बजगाई, केद्रिय सदस्य राजानन्द माण्डब्य र शंकर भण्डारी, मण्डनदेउपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुरुषोतम बजगाई, मण्डनदेउपुर–४, का पुर्व वडा अध्यक्ष भुवन बजगाई, बागमती गा.पा.–७, का वडा अध्यक्ष होमप्रपाद बजगाई, पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाई, व्यवसायी देवेन्द्र बजगाई, संगितकार राजेन्द्र बजगाई लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको समन्वय र सञ्चालन केद्रिय सदस्य राजानन्द माण्डव्यले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.