मेरो भ्वाइस युनिभर्सको विजेता बने प्रितम राई, शरद तृतीय

काठमाडौं । मेरो भ्वाइस युनिभर्सको उपाधि प्रितम राइले जितेका छन् ।

त्यस्तै शिशिर थटाल द्वितिय, काभ्रेली गायक शरद हुमागाई तृतीय, परेश राई चतुर्थ र साइराज खाती पाँचौं भए ।

त्यस्तै मेरो डान्स युनिभर्सको उपाधि खुसी कार्कीले जितेकी छिन् ।

१/१ करोड पुरस्कार राशीको दुवै प्रतियोगिताको फिनाले ललितपुर गोदावरी सनराइज हलमा सम्पन्न भएको थियो । कार्यक्रम इन्ट्रा नेसनल वेल्फेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको हो ।

कार्यक्रममा विजयीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.