ज्ञानकुञ्जको मनसुन डान्स पार्टी, पढाईसँगै अतिरिक्त क्रियाकलापमा जोड

बनेपा । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले भदौ २ गते भव्य रुपमा मनसुन डान्स पार्टी सम्पन्न गरेको छ ।

विद्यार्थीहरु भविष्यका राष्ट्र निर्माणका कर्णधार भएकाले आम विद्यार्थीहरुमा गुणस्तरीय शिक्षाका साथ साथै अतिरिक्त क्रियाकलापको पनि अति आवश्यक भएको महशुस गरि सो कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ। यस्ता प्रकारका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा पढाईका साथ साथै अन्य विधामा पनि कुशल क्षमता अभिवृद्धि हुने प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालक एवमं प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा कक्षा ११ देखि स्नाकोत्तर तह सम्मका विद्यार्थीहरुको उल्लासमय उपस्थित रहेको थियो ।  ३ चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो चरण अन्र्तगत औपचारिक कार्यक्रम रहेको थियो दोस्रो चरण प्रतिष्ठानमा अध्यनरत विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यस किसिमका अतिरिक्त कार्यक्रमले विद्यार्थीहरुको चौतर्फी वृती विकासको निमित्त महत्वपूर्ण भूमिका रहने विद्यार्थीहरूले बताए ।

खाजा सहित सम्पन्न भएको कार्यक्रममा  विद्यार्थी र शिक्षक, शिक्षिकाहरु झुमेका देखिन्थे । विद्यार्थीहरुलाई पढाईको साथ साथै अन्य क्षेत्रहरुमा पनि प्रतिष्पर्धामा क्षमता हासिल गर्न सामाजिक , सांस्कृतिक, खेलकुद आदि समाजमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गर्दै जाने संस्थाका अध्यक्ष सुरकृष्ण वैद्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.