बेथानचोक ४ की युवतीद्वारा आत्महत्या

बनेपा। बेथानचोक ४ मा २० वर्षीया युवतीले आत्महत्या गरेकी छिन् । आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमको लागि धुलिखेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बनेपा प्रमुख रेशम बोहोराले जानकारी दिनुभयो ।

काभ्रेमा शृङ्खलाबद्ध रुपमा आत्महत्या बढिरहेको छ । आत्महत्याबाट ज्यान गुमाउनेहरूको संख्या बढेसँगै काभ्रेमा विशेष सचेतना आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.