एशियाको प्रतिष्ठित अवार्डबाट शाक्य सम्मानित

काठमाडौं । आउटरिच नेपालका संस्थापक उजय शाक्य सीएमओ एसिया अवार्डको १४औं संस्करणमा एशियाजमोस्ट एडमायर्ड मार्केटिङ लिडर’ अवार्डबाट सम्मानित भएका छन् ।

उक्त कार्यक्रमगत बिहीवार प्यानप्यासिफिक सिंगापुरमा आयोजना भएको थियो। वर्ल्ड फेडेरेसन अफमार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिलगर्ने मार्केटरलाई सम्मानगर्दै आएको छ । शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो ।

उजय शाक्यले विगतदुई दशकदेखिविश्वव्यापी ब्राण्डहरुलाई नेपालमा सफलतापूर्वक शुभारम्भ गराउने कार्यमा महत्वपूर्ण भूमिकानिर्वाह गरेकोमा संस्थाले प्रशंसा गरेको छ । सन् २०१५ माशाक्यले प्रकाशित गरेको पुस्तक ब्राण्डसूत्रले उनको विशेषज्ञतालाई थप पुष्टि गर्ने बताइएको छ ।

एशियाभरका प्रतिष्ठित उद्योगीको जमघटमा नियमित उपस्थित रहने शाक्य विज्ञापन तथा ब्राण्डसम्बन्धी पुरस्कारको निर्णायक र वक्ताको रूपमा सक्रिय रहँदै आएका छन् । अवार्ड समारोहमा शाक्यले उपभोक्ता र तिनका समस्या समाधानमा मार्केटिङले साथदिनु पर्नेमाजोड दिए । उनले मार्केटिङमा प्रविधिसँगै  मानवीयता पनि महत्त्वपूर्ण हुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.