बनेपामा ‘नलेज ब्रिज एजुकेशनल हब’ सञ्चालनमा

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक, सांस्कृतिक एवं व्यापारिक नगरी बनेपामा ‘नलेज ब्रिज एजुकेशनल हव’ सञ्चालनमा आएको छ ।

शैक्षिक कार्यक्रमलाई प्रभावकारी रूपले संचालन गर्ने उदेश्यले उक्त संस्था स्थापना गरिएको संस्थापन पक्षले जानकारी दिएको छ ।

बनेपा नगरपालिका वडा नं. ७ गोदामचोक ज्योति सहकारीको भवनको तेस्रो तल्लाबाट सञ्चालनमा आएको संस्थाले गरिव, जेहेन्दार तथा आर्थिक रूपले विपन्न विद्यार्थीहरू प्रति उत्तरदायी भई विशेष छुट सहितका शैक्षिक कार्यक्रम सुरु गरिएको जनाएको छ ।

संस्थामा हरेक तहका ट्युसन कक्षाहरू, ब्रिज कोर्ष, नर्सिङ्ग तयारी कक्षाहरू संचालन हुनेछ ।

विभिन्न तहका कप्युटर कक्षा, भाषा कक्षा (अङ्ग्रेजी, जापानिज, कोरियन, चाइनिज, जर्मन, फ्रेन्च) , लोकसेवा, शिक्षक सेवा, शिक्षक लाइसेन्स कक्षा, सरकारी बैंकिङ्ग तयारी कक्षा र ब्रिटिश आर्मीका तयारी कक्षाहरू सञ्चालन गरिने संस्थाले जनाएको छ ।

घरमै गएर नानीबाबुहरूलाई पढाउने होम ट्युशनको सुविधा, थेसिस टाइपिङ्ग, प्रिन्टिङ्ग, डेक्सटप सम्बन्धी सुविधा, फोटो सम्बन्धी काम गरिने संस्थाले जनाएको छ ।

संघ संस्थालाई आवश्यक प्राविधिक एवं अप्राविधिक जनशक्ति तयार गरि रोजगारी सिर्जना गर्ने सुविधा रहेको संस्थाले जनाएको छ । जसबाट यस क्षेत्रको वेरोजगारी समस्यालाई केही हदसम्म सम्बोधन हुने विश्वास संस्थाले लिएको छ ।

स्वः अध्ययन गर्न इच्छुकलाई निःशुल्क लाईब्रेरीको समेत सञ्चालनमा ल्याइएको बजार शाखा प्रमुख विशाल तिमल्सिनाले जानकारी दिए ।

शैक्षिक केन्द्रमा यही भदौ २० गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ ।

‘नलेज ब्रिज एजुकेशनल हव’ सञ्चालनका लागि व्यवस्थापनमा सौरभ मैनाली, बजार शाखा विशाल तिमल्सिना, सुचना प्रविधिको जिम्मेवारी राजेन्द्र कार्की रहेका छन् । सुदर्शन भट्टराई, राजकुमार गौतम र बाशुदेव सञ्जेल प्रशिक्षकको रूपमा रहेका छन ।

यस्तै सञ्चालक समिति अध्यक्ष सपना मैनाली, सचिवमा रामकुमार कार्की, कोषाध्यक्षमा सुमन कुमार बजगाँई, सदस्यमा सुवास गौतम र दिपेन्द्र सापकोटा रहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.