काठमाडौं महानगरको सरकारी स्कुलमा कोडिङ, एआई र रोबोटिक्स कक्षा सुरु

काठमाडौं । देशकै पुरानो भानु माध्यमिक विद्यालय (दरबार हाईस्कुल)मा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङ क्लास सुरु गरिएको छ । ‘बुकफ्रि फ्राइडे’ अन्तर्गत ती क्लास सुरु भएको काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

कोडिङ सिकाइ अन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ सिकाइएको शाहले जानकारी दिए । कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीलाई पाइथन प्रोग्रामिङ सिकाइएको शाहले उल्लेख गरेका छन् । विद्यार्थीहरूको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको शाहले उल्लेख गरेका छन् ।

सामुदायिक विद्यालयहरूबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्ने शाहको विश्वास छ । महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ क्लब गठन भइसकेका शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.