धुलिखेल अस्पतालमा मिर्गौलाको पत्थरी फुटाउने नौलो प्रविधी RIRS

धुलिखेल । धुलिखेल अस्पतालमा भित्रिएको शल्यक्रियाको नयाँ प्रविधि RIRS (Retrograde Intra Renal Surgery) प्रभावकारी देखिएको धुलिखेल अस्पताल युरो सर्जन डा. सुजन माकजूले बताएका छन् ।

यो प्रविधि मार्फत मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने गरिन्छ । यस प्रविधिमा अप्टिकल फाइबरयुक्त दूरबिन प्रयोग मुत्रनलीमार्फत पठाएर मिर्गौलाका रहेको पत्थरी पत्तालगाई लेजर प्रविधीबाट मिगौलामा रहेको पत्थरीलाई फुटाएर बाहिर निकालिन्छ ।

यस प्रविधीमा प्रयोग हुने दूरबिन (इण्डोस्कोप) लचिलो खालको भएकोले मुत्र प्रणाली भित्रका बाङ्गाटिङ्गा नलीमा छिराउन सजिलो हुन्छ । यो इण्डोस्कोप पिसाब खुल्ने प्वालबाट छिराई मिर्गौलासम्म पुयाउन सकिने भएकोले पेटमा कुनै घाउ बनाई राख्नु पर्दैन ।

धुलिखेल अस्पतालमा यस प्रविधिद्वारा चार महिनाको अन्तरालमा १ सय भन्दा धेरै पत्थरीका विरामीले उपचार सेवा लिइसकेको अस्पतालले जनाएको छ ।  हाल उपचाररत विरामीहरूले शल्यक्रिया पछि सहजता पूर्वक स्वास्थ्य लाभ गरिरहेको बताए ।

नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डमा सुचीकृत भएका बिरामीहरूले सेवा लिदा सुलभ दरमा उपचार हुने अस्पतालका प्रवक्ता प्रा.डा. सुमनराज ताम्राकारले बताए । ग्रामीण क्षेत्रका बिरामी धुलिखेल अस्पताल आउने हुँदा सुलभ दरमा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको डा. ताम्राकारले बताए ‌।

RIRS प्रविधिमा विरामीलाई पुरै बेहोश बनाई वा शरीरको आधा भाग मात्र बेहोश बनाई पिसाबनलीको प्वालबाट दूरबिन छिराई पिसाब थैली, मुत्रनलीहुँदै भित्रभित्रै मिगौलासम्म पुगित्यहाँ रहेको पत्थरीको अवस्थिती पत्तालगाएर लेजर प्रविधिले निकै स-साना टुकापारिन्छ । त्यसरी टुक्काएका पत्थरीहरु बास्केट (धोको) मा जम्मा पारि बाहिर ल्याइन्छ । सबै पत्थरी निख्रियो, निख्रिएन भनेर विशेष खालको एक्सरे (फ्लुओरोस्कोप) र दूरबिनबाट चेकजाँच गरिन्छ । प्रक्रिया सकिए पछि मुत्रनलीमा विशेष खालको पाईप (डिजे स्टेण्ट भनिने) २ -३ हप्ता राखिन्छ । विरामीलाई ४-५ घण्टापछि खान दिइन्छ । अर्को दिन अस्पतालबाट डिस्चार्ज गरिन्छ ।

यस विधिबाट पत्थरीको उपचार गर्दा घाउ बनाइ रहनु पर्दैन। बिरामी चाँडै तङ्गिन्छ, पीडा कम, छोटो अस्पताल बसाई, मिर्गौला बिग्रने र चोट पर्ने जोखिम कम हुने, दुवै मृगौलामा एकै सेटिङमा पत्थरी निकाल्न सकिने डा. सुजन माकजूले जानकारी दिनुभयो ।

यस विधिको बेफाईदा भनेको साधारण शल्यक्रियाको तुलनामा अलि महंगो छ । साथै शल्यक्रियाको लागि समय बढी लाग्यो भने पिसाब नलीको संक्रमण हुने समस्या देखिन सक्छ ।

२ सेमीभन्दा ठूलो पत्थरी वा अदुवा जस्तो बाङ्गोटिङ्गो खालको पत्थरीलाई काम यो प्रविधि काम लाग्दैन ।

२ सेमीभन्दा सानो, पटकपटक पत्थरी भैसकेकोमा, मुत्रनलीको पत्थरी, गुजुल्टिएको मुत्रनली भएका, पुट्ठाको जोर्नीमा समस्या भएर खुट्टाखुम्च्याउन नसक्ने खालको पत्थरीको विरामीमा, रगतपातलो हुने औषधि लिइरहेकालाई यो प्रविधि उपयुक्त हुन्छ ।

तुलनात्मक रुपमा यो RIRS प्रविधी महंगो भएपनि घाउ वा पिसाबको संक्रमण, अस्पताल बसाई, काममा चाँडै फर्किन सकिने हुदा बिरामीले यो प्रविधि रुचाएका अस्पतालले जनाएको छ । झण्झट, पीडा, तनावको हिसाबले समग्रमा यो प्रविधि नै किफायती हुने जाने युरो सर्जन डा. सुजन माकजूले बताएका छन् ।

यस अघि मिर्गौलामा पत्थरीमा नेफ्रोलिथोटोमी, पाइलोलिथोटोमी, ल्यापारोस्कोपी, एक्स्ट्रा कर्पोरियल शकवेभ (ESWL- Extra Corporeal Shock Wave Lithotripsy) प्रविधिहरूको प्रयोग हुँदै आएको छ ।

१. नेफ्रोलिथोटोमी- यस परम्परागत एवं पुरानो तरिकामापेटको साईडमा ठूलो घाउ पारेर मिगौलाको पत्थरी निकालिन्छ । यसक्रममा मिर्गौला पनि चिर्नुपर्ने भएकोले यो उच्चजोखिम हुनुका साथै संक्रमण (घाउ र पिसाबको हुनसक्ने, अस्पताल बसाई लामो हुने, पीडा पनि निकै हुने गर्दछ । करीब २०, ३० वर्ष अघिसम्म यसको खासै विकल्प पनि थिएन ।

२. पाइलोलिथोटोमी- यो शल्यक्रियामाथिको जस्तै तर यसमा मिर्गौलाको सट्टा मिर्गौलामा मुत्रनली युरेटर) जोडिएको भागमा घाउ पारेर मिर्गौलामा रहेको पत्थरी निकालिन्छ ।

शल्यचिकित्सकहरुको लागि नेफ्रोलिथोटोमी भन्दा सहजहुने भए पनि माथि उल्लेखित जटिलताहरुका साथै यस्तो खालको शल्यक्रियापछि मुत्रनली साँगुरिने, फेरि फेरि पत्थरी बन्ने, मिर्गौला फुल्ने, बिस्तारै मिर्गौलाले कामगर्न छोड्ने (फेलखाने) जस्ता थप जटिलता उब्जिन सक्छ ।

३. ल्यापारोस्कोपी- यसमा ठूलो घाउको सट्टा सानो प्वालमार्फत् व्यापारोस्कोप (दूरबिन) छिराई मिर्गौलाको पत्थरी निकालिन्छ । यसमा सक्रमण जोखिम कम, अस्पताल बसाई छोटो भएपनि मुत्रनली साँगुरिने जोखिम कायम नैं हुन्छ ।

४. एक्स्ट्रा कर्पोरियल शकवेभ (ESWL- Extra Corporeal Shock Wave Lithotripsy) – यसमा शरीर बाहिरबाट उपकरणका माध्यमबाट निरन्तर झट्का पठाई मिर्गौलाको पत्थरी फुटाइन्छ, जुनपिसाब फेरेसँगै बाहिरिन्छ । तर यो प्रविधी सबैखाले पत्थरीलाई कामलाग्दैन भने गर्भवतीमहिला, उच्च रक्तचाप, रगतपातलो हुने औषधि लिईरहेका विरामीको लागि उपयुक्त हुँदैन । नरम खालका एवं १५ मिलिटिर भन्दा सानापत्थरीलाई मात्र उपयुक्त हुन्छ । यस उपचारको क्रममा मिर्गौलामा रगत जम्ने, पेटमा निलडाम बस्ने र सबैपत्थरी फुटाउन नसकिने पनि हुनसक्छ । त्यसैले धेरै पटक दोहो-याउनुपर्ने, फुटाइएको पत्थरीको टुक्रा मुत्रनलीतिर सरेर पीडा हुने, पिसाब रगताम्यहुने, रक्तश्रावहुने, पिसाबको बहावमा अवरोध खडा हुने (त्यसैका लागि फेरि मुबमार्गबाट दूरबिन छिराई पत्थरीको टुक्काहरू भिक्नुपर्ने हुन्छ भने ठूलो खाले पत्थरीको लागि यो प्रविधि उपयुक्त छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.