जिसस प्रमुख गौतम अमेरिका जाँदै

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतम संयुक्त राज्य अमेरिकाको भ्रमणमा जानुहुने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा नेपाल सरकार मन्त्रिपरिषदको बैठकले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने दिगो विकास लक्ष्य सम्मेलन २०२३ कार्यक्रममा सहभागि हुन प्रमुख गौतम लगायत विभिन्न जिल्लाका जिसस प्रमुखहरुलाई स्वीकृत प्रदान गरेको हो ।

उक्त सम्मेलनमा जिसस प्रमुख गौतम साथै सुनसरीका जिसस प्रमुख राजन मेहेता, रसुवाका जिसस प्रमुख अशोक कुमार घिमिरे, रुकुम पश्चिमका जिसस प्रमुख लुम्बिनी गौतम र खोटाङका जिसस प्रमुख सन बहादुर राई सहभागि हुनेछन् ।

सम्मेलनमा प्रमुख गौतमले दिगो विकास लक्ष्य प्राप्तिको अवस्था र आगामी कार्यदिशा बारेमा प्रस्तुति राख्नुहुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.