महानगरका सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि कार्यशाला गोष्ठी

धुलिखेल । काठमाडौं महानगरपालिका शिक्षा बिभागको आयोजनामा महानगरका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा दुई दिने कार्यशाला सम्पन्न हुँदैछ।

शुक्रवार र शनिबार आयोजना भैरहेको गोष्ठीमा सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि सामुदायिक बिद्यालयका प्र.अ.हरुको महत्त्वपूर्ण भुमिका रहनुपर्छ भन्दै काठमाडौं महानगर पालिका शिक्षा बिभागका बिभागीय प्रमुख सीताराम कोइरालाले कार्यक्रमको औचित्यका बारेमा प्रकाश पार्नु भएको थियो।

” गरी खाने शिक्षा महानगरको इच्छा” नारालाई सार्थक बनाउन महानरले सामुदायिक बिद्यालयलयको शैक्षिक गुणस्तर वृद्धिका लागि गौरवका योजनालागू गरेको बताउदै शिक्षा अधिकारी कोइरालाले योजना कार्यान्वयनमा प्रअहरुको महत्त्वपूर्णपुर्ण भुमिका रहने बताउनुभयो ।

आ. व. ०७९/०८० मा सामुदायिक बिद्यालयहरुमा महानगरले गरेको लगानी र बिद्यालयहरुले गरेको प्रगती बिवरणका बिषमा समुहगत रुपमा धारणाहरु प्रस्तुत गरिएको थियो। सामुदायिक बिद्यालय शैक्षिक सुधारका लागि गौरवको योजना अन्तर्गत भौतिक सुधारका लागि ५० करोड बजेट बिनियोजन गरिएको शिक्षा अधिकारी कोइरालाले बताउनुभयो। सामुदायिक बिद्यालयको भौतिक सुधार र मर्मतका लागि अनुमानित लागत सहितको योजना प्रस्ताव पेश गर्न शिक्षा अधिकारी कोइरालाले आग्रह गर्नुभयो।

शिक्षामा गौरवका योजना अन्तर्गत आ.व.०७९/०८० मा छात्रा बिद्यार्थीहरुका लागि सेनिटरी प्याड बितरण, बिद्यार्थी दिवा खाजा, श्रोत केद्र सवलिकरण, बिद्यालयहरुमा STEAM कार्यक्रमको लागि आवश्यक बजेट ब्यवस्थापन लगायतका बिषयमा प्रअहरु संग खुलेर छलफल भएको छ। सामुदायिक बिद्यालयहरुमा प्राबिधिक शिक्षा संचालनका लागि बजेट ब्यवस्थापन, सामुदायिक बिद्यालयको नतिजा सुधारका लागि बिकल्पको खोजी लगायतका बिषयहरुमा छलफल भएको छ।

कार्यक्रममा का.म.पा. शिक्षा बिभागका उप निर्देशनक सरस्वती पोखरेल, शिक्षा अधिकृतहरु मोती प्रसाद भट्टराई, मोती खनाल, ईन्द्र प्रसाद दाहाल , नेत्र प्रसाद पौडेल, लेखा अधिकृत तोयन्द्र राज सापकोटा, डा. राजन खनाल, का.म.पा.सहरी योजना आयोगका सहायक शैलेन्द्र झा, बिद्यालय निरीक्षक लक्ष्मी पौडेल, श्रोत ब्यक्तिहरु डा. शर्मिला पोखरेल, यमनाथ चौलागाईं, खगराज जोशी लगायतले सहजिकरण गर्नुभएको थियो। कार्यक्रम धुलिखेल स्थित सारथि होटलमा भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.