काठमाडौं महानगरपालिकाले शोक बिदा दिने

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधनमा शुक्रबार महानगरमा शोक बिदा दिइने भएको छ ।

महानगरको वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएकाले शुक्रबार काठमाडौं महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको महानगरका प्रशासन विभाग प्रमुख दीपक अधिकारीले जानकारी दिनुभयो ।

 

अध्यक्ष रिजालको काठमाडौं स्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा रिजालको निधन भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन।

 

जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि उनको डायलसिस गरिएको अस्पतालले जनाएको छ ।

हक्की स्वभावका बिकास प्रेमी रिजाल का म पा १६ बाट दोश्रो कार्यकाल चुनाव जितेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.