गायिका शोभा छेत्रीको ‘नाँचिदेउ पातली’ चर्चामा

काठमाडौं । गायिका शोभा छेत्रीको तीज गीत ‘नाँचिदेउ पातली’ यतिखेर चर्चामा छ । ‘नाँचिदेउ पातली’ तीज लक्षित गीत दर्शक स्रोताले माया दिएको गायिका छेत्रीले बताइन् । तिजको नाममा विकृति जन्य गीतहरुको प्रशय पाइरहेको अवस्थामा मौलिक सुन्दर तिजका भाकाहरुलाई समेटेर गायिका क्षत्रीको नाँचिदेउ पातली ल्याएकी हुन् । गीतमा गायिका छेत्रीसँगै गायक कमल वि.सी.ले स्वर दिएका छन् ।

सुमित्रा कोईरालाको शब्दमा बहने गीतको भिडियोमा विजय पुन, दिक्षा जि।सी र संगीता जि।सी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियो सम्पादन विनोद बमले गरेको भिडियोलाई राम केसीले खिचेका हुन् । गीतको भिडियोको निर्देशन बम र अनिल राइले गरेका हुन् । संग्रिला क्रियशन अनाम नगरमा पोस्ट प्रडक्सन भएको गीत ‘शोभा छेत्री’ आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.