पत्रकार अरबिन्द्र गौेतम सम्मानित

बनेपा । जिल्ला सहकारी सङ्घ लिमिटेड डिस्कोफले कोशिपारी अनलाइन न्युजका संचालक अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक गौतमलाई डिस्कोफको ४२ औँ वार्षिक साधारणसभाको अवसरमा मंगलबार बनेपामा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले ‘पत्रकारिता सम्मान तथा पुरस्कार’ बाट सम्मानित गरे ।

नव क्षितिज साप्ताहिकको सह सम्पादक तथा पावर न्युजको संवाददाता समेत रहेका गौतमलाई जिल्ला सहकारी संघ काभ्रेले पाँच हजार नगद सहित दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरेको हो ।

एक दशक देखी पत्रकारिता क्षेत्रमा कृयाशिल गौतमले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका छन् । समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने उनले चेतावनीसेमत दिए।

मन्त्री महर्जनले सहकारी धराशायी भए नागरिकको बचत पनि धराशायी हुने भएकाले सहकारी र बचतकर्ताबीचको विश्वास पुर्नर्जिवित गर्नुपर्ने आवश्यकता औँल्याए। प्रदशेस्तरमा सहकारीको अनुगमन गर्ने छुट्टै संयन्त्र निर्माण गरिने बताउँदै मन्त्री महर्जनले समस्याग्रस्त सहकारी घोषणाको तयारी भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.