डलर साट्दै हिँड्ने व्यक्ति पक्राउ

धुलिखेल । जिल्ला प्रहरी कार्यालय काभ्रेले बनेपा नगरपालिका वडा नंं. ६ स्थित हिमालय होराइजन होटेल नजिकैको जंगलबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । अनाधिकृत रुपमा अमेरिकी डलर साट्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नंं.२ का ४० वर्षिय शोक बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका तामाङको साथबाट ५० दरका १३ थान डलर र २० दरका ६०० थान नेपाली नोट साथै ३ वटा मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । तामाङको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.