संविधान दिवसको अवसरमा नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तर बैंक फुटसल

काठमाडौं । ‘सवल संस्थाका लागि स्वस्थ कर्मचारी, स्वस्थ कर्मचारीका लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तर बैंक फुटसल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।

संविधान दिवसको अवसर पारेर असोज ३ देखि ६ गतेसम्म प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिका अध्यक्ष प्रकाश पोख्रेलले काभ्रे पोष्ट अनलाइनलाई बताउनु भयो ।

प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका ३७ पुरुष र २० वटा महिला टीम सहभागी भएका छन । प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गरेको छ। सहप्रायोजकमा माछापुच्छ्रे , लक्ष्मी सनराइज, ग्लोबल आईएमई, एनआईसी एसिया, नबिल, प्रभु, हिमालयन, मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्स लिमिटेड रहेका छन् ।

प्रथम हुने टीमलाई नगद रु १ लाख, मेडल, ट्रफी र दोश्रो स्थान हासिल गर्ने टीमलाई नगद रु ५० हजार मेडल ट्रफी प्रदान गरिने आयोजक नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता महिला पुरुष, बेस्ट गोल रक्षक महिला पुरुष र बेस्ट प्लेयर महिला पुरुषलाई नगद रु १० हजार सहित ट्रफी प्रदान गरिने अध्यक्ष पोखरेलले बताउनुभयो।

प्रतियोगिताका लागि ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले मेडिकल सपोर्ट उपलब्ध गराएको छ । काठमाडौंको धन्वन्तरी फुटसल हब, हाँडीगाउँमा प्रतियोगिता भई रहेको छ। प्रतियोगिताको फाइनल खेल असोज ६ गते शनिबार सम्पन्न हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.