रोशी गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य विमा

रोशी । रोशी गाउँपालिकाले एक हजार ७ सय ८० परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको नेतृत्वले पहिलो निणर्य गरेअनुसार ६० बर्ष माथीका र ७० बर्ष मुनीका नागरिका परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरेका हुन् । गाउँपालिकाका ३ हजार ७९ परिवार मध्ये दुई हजार ६ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य विमा गरिएको हो । नेपाल सरकारले ८ सय ६८ परिवारको संघीय सरकारले निःशुल्क विमा गरेको हो भने १ हजार ७ सय ८० परिवारको रोशी गाउँपालिकाले विमाशुल्क व्यहोरेको हो ।

रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठका अनुसार रोशीको जनसंख्या अनुसार ३७ दशमलव ३१ प्रतिशत नागरिकको स्वास्थ्य विमा भएको छ । रोशीको जनसंख्या २३ हजार ७ सय ९० रहेकोमा ८ हजार ८ सय ७८ जनाको स्वास्थ्य विमा भएको उनले बताएका छन् ।

एक हजार ७ सय ८० परिवारको गाउँपालिकाले निःशुल्क विमा गरिदिएको छ । ६० बर्ष माथी र ७० बर्ष मुनिका नागरिकको परिवारको गाउँपालिकाको निःशुल्क विमा गरेको हो । त्यसरी नै ७० बर्ष माथीको ८ सय १४ परिवारको नेपाल सरकारले निःशुल्क विमा गरेको छ । ५४ जना पूर्ण अपांगता भएका नागरिकहरूको पनि निःशुल्क विमा गरिएको छ । ३ महिला स्वयमसेवीकाहरूको परिवारको ५० प्रतिशत सरकारले व्यहोर्ने गरी विमा गरिएको गाउँपालिकाले जनाएको छ।

रोशीका नागरिकलाई कसरी स्थानीय सरकारको महशुस गराउने भन्ने बिषयमा छलफल गरेर निःशुल्क विमा गर्ने निणर्यका साथ अगाडी बढेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । ‘रोशीका नागरिकलाई स्थानीय सरकार पनि छ है भन्ने महशुस कसरी गराउने भन्ने बिषयमा प्रमुख प्रशासकीय अधिकृतसहितको छलफलमा ६० बर्ष माथीका र ७० बर्ष मुनीका नागरिकको परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्दा हुन्छ भनेपछि हाम्रो कार्यकालको पहिलो निणर्य गरेका हौँ ।’ गाउँपालिका अध्यक्ष दिनेश लामाले भने, ‘नागरिकहरूले सेवा पाएर खुसी भएको सुन्दा आनन्द आउँछ । हामीले त्यतिखेर राम्रै निणर्य गरेछौँ भन्ने लाग्छ ।’

तत्कालिन समयमा जेष्ठ नागरिकको तथ्यांक अनुसार एक करोड अनुमानित गरेकोमा आर्थिक बर्ष २०७९/८० मा ८० लाख बजेट छुट्याएकोमा ६२ लाख ५४ हजार एक सय खर्च गर्न सफल भएको लामाले बताए । रोशीका नागरिकले पैसाको अभावमा स्वास्थ्य उपचारबाछ बन्चीत नहोस भन्ने हेतुले पनि यस्तो कार्यको सुरुवात गरेको उनले बताए ।

सामाजिक न्यायको क्षेत्रमा नेपाल सरकारले ७० बर्ष माथीका नागरिकको निःशुल्क स्वास्थ्य विमा गरेकोमा ६० बर्ष माथीको निःशुल्क स्वास्थ्य विमा गाउँपालिकाले गरेको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताए । जतिसक्दो रोशीको जनताले गुनासो नगर्ने गरी काम गर्न कर्मचारीहरूलाई उपाध्यक्ष वाईबाले निर्देशन दिए ।
स्वास्थ्य विमाको क्षेत्रमा रोशी गाउँपालिकाले नमूना काम गरेको स्वास्थ्य विमा बोर्ड काभ्रे संयोजक मुना निरौलाले बताईन । रोशीबाट अन्य स्थानीय तहले पनि सिक्नुपर्ने निरौलाको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.