धुलिखेल – खावा सडकमा ढिलासुस्ती किन ?

धुलिखेल । अरनिको राजमार्गको धुलिखेल–खावा ४ किलोमिटर सडक विस्तारको कार्य समयमै सम्पन्न नहुँदा यात्रु, सवारी साधन सास्ती भोग्न बाध्य छन् । गौरी–पार्वती निर्माण सेवा प्रा.लि.ले २२ महिनामा कार्य सम्पन्न सक्ने गरि ठेक्का लिएको उक्त सडक सम्झौताको १६ महिना बितिसक्दा पनि जस्ताको तस्तै छ । सम्झौता बमोजिम आगामी चैत्र महिनामा काम पूरा गरिसक्नु पर्ने हुन्छ ।

सडकको दुरावस्था हेर्ने हो भने चार किलोमिटर सडक पार गर्न घण्टौँ समय लाग्ने गर्दछ । पछिल्लो समय वर्षातका कारण ठाउँठाउँमा पहिरो खसेर यात्रुवाहक सवारी साधनहरु आवतजावतमै समस्या हुँदै आएको छ । सडक निर्माण कार्य समयसीमा भित्रै सकाउन जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन भक्तपुरबाट ताकेता गर्दासमेत काममा तीव्रता दिइएको छैन ।

धुलिखेलदेखि बीस मिनेटको हो तर पहिरो, खाल्डाखुल्डीका कारण यात्रुवाहक सवारीसाधन पल्टिने हो कि भन्ने त्रास रहने सवारी चालकहरु बताउँछन् । निर्माण जिम्मा लिएको ठेकेदारले ढिलासुस्ती र लापरबाहीले जनताले सास्ती खेप्न बाध्य छन् । सडक स्तरोन्नति र निर्माणमा प्राविधिक कारणले रोकिएको हो भने सरोकारवाला पक्षहरुले सहजीकरण गरिदिनुपर्दछ । ठेक्का स्वीकार गरेर आलटाल गरेकै भरमा समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन सक्नपर्दछ । चाडपर्व नजिकिदै गर्दा सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका पूर्वी जिल्लामा पुग्नुपर्ने यात्रुहरुलाई खावा सडकले सास्ती नदेला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.