शोभा त्रिपाठीको दशैं गीत ‘घरको मायाले’ सार्वजनिक

काठमाडौं । गायिका एवं कलाकार शोभा त्रिपाठीको ‘घरको मायाले’ गीत सार्वजनिक भएको छ । गायक खेम सेञ्चुरी तथा शोभा त्रिपाठीले आवाज भरेको गीतका शब्दहरु नेत्र अर्यालले लेखेका हुन् । महेन्द्र भण्डारीको संगीत संयोजनमा तयार गरिएको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।

विनोद भण्डारी निर्देशित गीतको भिडियोमा शोभा त्रिपाठी र ओबी रायमाझीको अभिनय देख्न सकिन्छ । गीतको भिडियो छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् । परदेश गएको जोडी दशैंमा घर स्वदेश फर्किएपछिको घरमा खुसी र उमंग भित्रिएको भाव गीतले प्रस्तुत गरेको छ ।

वडादशैं २०८० को अवसरमा सार्वजनिक भएको गीतलाई दर्शक, श्रोताको उल्लेख्य माया मिलेको छ । गीत गायिका एवं कलाकार शोभा त्रिपाठीको आधिकारिक युटुयुब च्यानल शोभा त्रिपाठीबाट सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.