बुडोल साकोसको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

बनेपा । बुडोल सामुदायीक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश केसीको अध्यक्षतामा सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले बुडोल साकोसले आफ्नो लक्ष्य अनुरुप आर्थिक चलायमान कार्य गरिरहेको बताउनुभयो । विश्वब्यापी आर्थिक मन्दी र राष्ट्रिय आर्थिक गतिविधिमा समेत मन्दी भएको अवस्थामा बुडोल साकोसले वित्तिय प्रगति गरेको अध्यक्ष केसीले बताउनुभयो । अध्यक्ष केसीले साकोसको संस्थागत पुजी गत वर्ष भन्दा ३ करोडले वृद्धि भई १४ करोड पुगेको जानकारी दिनुभयो । सदस्यहरूलाई कारोबार गर्दा सहकारीको कारोबार हेरेर मात्रै कारोबार गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा संस्थाको २०७९ । ८० को वार्षिक प्रतिवेदन सचिव जयराम थापाले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष राधेश्याम केसीले सभामा प्रस्तुत गर्नुभयो । संस्थामा १७ हजार ७ सय ६७ सदस्य आबद्ध रहेको, बचत १ अर्व ४३ करोड ३६ लाख ५३ हजार, कुल सम्पत्ति १ अर्ब ८२ करोड ७६ लाख ४६ हजार ऋण लगानी १ अर्व ३२ करोड ३२ लाख १ हजार शेयर पुजी १५ करोड ८९ लाख २७ हजार रहेको जनाइएको छ । त्यसै गरी संस्थाको संस्थागत पुजी १४ करोड ३० लाख ६२ हजार, कुल आम्दानी २५ करोड २३ लाख ९७ हजार खर्च १७ करोड ८९ लाख १२ हजार कुल नाफा ७ करोड ३४ लाख ८४ हजार भएको जनाएको छ । कार्यक्रममा संस्थाले टुकुचा जागरण सेवा केन्द्र नाला, धुलिखेल सेवा केन्द्र, बनेपा जनमैत्री सेवा केन्द्र, र पोखाल सेवा केन्द्र र मुख्य कार्यलय बनेपा बुडोल बाट सेवा दिदै आएको बताएको छ ।

संस्थाले दुर्घटना विमा कार्यक्रम, सदस्य शिक्षा शिविर विद्यालयमा बुसा कार्यक्रम, महिला भेला, एसईई सम्मान कार्यक्रम, जेष्ठ नागरिक सम्मान, निशुल्क स्वास्थ्य शिविर, सक्षमता विकास शिविर, कौसिखेती तालिम, सरसफाई कायक्रम, लगायतका विभिन्न सदस्य मुखि कार्यक्रमहरू गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायले जानकारी दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पिएन कोईरालाले राख्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.