लक्ष्मी महिला साकोसको २५ औं साधारण सभा सम्पन्न

बनेपा । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा बागमति प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अध्यक्ष रामशरण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि घिमिरेले लक्ष्मी महिला साकोस काभ्रे जिल्लाको सफल साकोस रहेको बताउनुभयो । लक्ष्मी महिला साकोस समुदायमा आधारित सहकारी भएकोले समस्या नभएको बताउनुभयो । सहकारीहरू आफुखुशी सञ्चालन भई सदस्यको पैसा चलाएको र आर्थिक समस्यामा परेको प्रमुख अतिथि घिमिरेले बताउनुभयो । सदस्यहरूको पैसा हिनामिना गर्ने सहकारीहरूलाई कानुनको दायरामा ल्याई सदस्यको पैसा फिर्ता गर्नु पर्ने घिमिरेले बताउनु भयो ।

कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०७९। ८० को वार्षिक प्रतिवेदन सह सचिव शर्मिला अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष सकुन्तला श्रेष्ठले र लेखा समितिको प्रतिवेदन संयोजक सोविता थापामगरले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थाको कुल शेयर पुजी २ करोड ६७ लाख ९९ हजार, बचत निक्षेप १७ करोड ८८ लाख १६ हजार, ऋण लगानी १८ करोड १६ लाख ४५ हजार कुल नाफा ४९ लाख ७९ हजार रहेको जनाएको छ ।

संस्थाले सदस्यहरूको हक हितको र जिवन परिर्वतन गर्नका लागी सहकारी सिद्धान्तमा रही सदस्यहरूको जनचेतना अभिवृद्धि, सदस्यको आर्थिक उन्नतिका लागी उद्यमशिलता तालिम, व्यवसायीक तालिम, सिपमूलक तालिम, महिला सशक्तिकरण तालिम, बाल बचतकर्ताहरूलाई कपी, केक वितरण, स्वास्थ्य शिविर, लगायतका थुप्रै सामाजिक कार्यहरू गर्दै आएको संस्थाका अध्यक्ष मैया महतले जानकारी दिनुभयो ।

कार्यक्रममा रिक्त रहेको सचिव पदमा सकुन्तला श्रेष्ठ र कोषाध्यक्षमा शर्मिला अधिकारी चयन भएको जानकारी गराइएको थियो । कार्यक्रममा संस्था २५ वर्ष लागेको अवसरमा रजत महोत्सबको लोगो र संस्थाको लक्ष्मी महिला साकोस गाना अनावरण समेत गरिएको थियो । कार्यक्रममा जेष्ठ सदस्य, उत्कृष्ट सदस्य, ऋणी, वचत कर्ता, एसईई मा उतिर्ण बाल सदस्यहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला बचत संघका सञ्चालक सदस्य बालकृष्ण दाहाल, मोडेल साकोसका अध्यक्ष कृष्णप्रसाद दाहाल संस्थाका प्रमुख सल्लाहकार तिर्थमाया प्रधान लगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हिमाली श्रेष्ठले राख्नु भएको थियो भने संस्थाका अध्यक्ष मैया महतको सभापतित्वमा साधारणसभा सम्पन्न भएको थियो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.