एकीकृत साकोसको १५ औं साधारण सभा सम्पन्न

पनौती । पनौती स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्था लि.को १५औ.वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन) का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

पनौती स्थित ताम्राकार पार्टी भेन्युमा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. शिवजी सापकोटाले संसारका सबै बचत तथा ऋण सहकारी संस्थाहरुले यस्तै प्रकारले प्रगति प्रतिवेदनहरु शेयरसदस्य माझ प्रस्तुत गरि साधारणसभामा पेस गर्ने गरेको बताउनुभयो ।

एकीकृत साकोस पल्स मापदण्ड अनुसार राष्ट्रियस्तरको सहकारी सुचीको योग्यता नजिकै पुगेको, सहकारीका सिद्धान्त अनुरुप चल्न सके दिगो रुपमा सहकारी संचालन हुने, अहिले सहकारीमा देखिएको बेथितिले गर्दा सहकारीहरुले बदमानी कमाएकोले बेलैमा सहकारीहरुले सचेत हुनुपर्ने र सहकारीका संचालन तथा पदाधिकारीहरुले ऋण नलिए सहकारी सुरक्षित हुन सक्ने नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत सापकोटाले बताउनुभयो । सदस्यहरुको चासो, संचालकको सक्रियताले मात्र संस्थामा सुशासन कायम हुन्छ भन्ने कुरामा उहाँले जोड दिनुभयो ।

सभामा साकोसका संस्थापक अध्यक्ष तथा सल्लाहाकार रहनुभएका नेपाल राष्ट्र बैकका उप निर्देशक लक्ष्मीनारायण ताम्राकारले वर्तमान वित्तिय क्षेत्रमा देखिएको नकरात्मक समयमा शेयरसदस्यहरुको बचतलाई सरक्षित गर्नु संचालक समितिको महत्वपूर्ण भूमिका रहने र समयसापेक्ष संस्था गाभ्ने र गाभिने सम्बन्धमा संचालकले सहि निर्णय गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघको लेखा सुपरिवेक्षण समितिका संयोजक शम्भुलाल श्रेष्ठ, चेष्टा साप्ताहितका संम्पादक मोतिराम तिमल्सिना, उद्यम विकास साकोसका अध्यक्ष रोशनकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साकोसका संचालक सदस्य ज्ञानदास श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने लक्ष्मण मातंछेले शेयर सदस्यहरुमा स्वागत गीत प्रस्तुत गर्नु भएको थियो ।

साकोसको आ.व २०७९/८० भित्र आर्थिक अनुशासनमा कारोबार गर्ने शेयरसदस्यहरु मध्ये उत्कृष्ट नियमित बचतकर्ता बासुदेवी सापकोटा, उत्कृष्ट दैनिक बचतकर्ता काशिनाथ आचार्य, उत्कृष्ट साधारण बचतकर्ता संतोष सापकोटा, असल ऋणी गोबर्धन खत्री, उत्कृष्ट विद्यार्थी बचतकर्ता अनुष्का खड्गी, उत्कृष्ट कर्मचारी सुजित श्रेष्ठ लाई प्रमाण पत्र, उत्कृष्टको ट्रफि र पुरस्कार प्रदान गरियो साथै ज्येष्ठ शेयरसदस्यहरु रामदास सैंजू, दानबहादुर थापा, रत्नलाल जाकिवन्जार, लक्ष्मीनारायण कर्माचार्य, छलमाया नापित, कृष्णमाया अमात्य, तोरणकुमारी लाई सम्मान–पत्र, दोसल्ला, र २०७९ को एस.ई.ई उत्तीर्ण शेयरसदस्यका सन्ततीहरु निलिमा सैंजू, दृष्टि मातंछे, अप्रिल श्रेष्ठलाई कदर पत्र र नगद पुरस्कार प्रदान गरी गरिएको थियो ।

उद्घाटन सत्रको कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण प्रजापतिले आ.व. २०७९÷८० का लेखा सुपरिवेक्षणको प्रतिवेदन र सुझावहरु प्रस्तुत गर्नु भयो । कोषाध्यक्ष बसुन्धरा आचार्यले कोषाध्यक्षको प्रतिवेदन र आगामी वर्षको बार्षिक कार्ययोजना र बजेट प्रस्तुत गर्नुभएको थियो । सचिव भरत राउलले सचिवको प्रतिवेदन र भावी लक्षित कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । संस्थाको प्रतिवेदन अनुसार संस्थामा आवद्ध शेयर सदस्य २९५५ जना रहेको, शेयरपूँजी रकम २ करोड ३५ लाख ७६ हजार, संस्थागत पूँजी १ करोड १३ लाख, सदस्यहरुको बचत संकलन १८ करोड ८ लाख र लगानी १६ करोड रहेको संस्थाले जनाएको छ ।

कार्यक्रमको दौरान शेयरसदस्यहरुको लागि संचालक सदस्य रविनभक्त स्याउला र ऋण उपसमितिका सदस्य मदनसुन्दर गोच्छेले कार्यक्रमको बीच बीचमा चिठ्ठा खोल्ने कार्यक्रम गर्नुभएको थियो भने संचालक सदस्य लक्ष्मण मातेछे र सुरेन्द्र श्रेष्ठको लसुन जोडीले गित नृत्य सहकारी सम्बन्धी गित प्रस्तुत गरेर उपस्थित शेयरसदस्यहरुलाई मनोरन्जन प्रदान गर्नु भयो ।

साधारणसभामा अतिथिहरुमा प्रोस्कुन का अधिकृत लक्ष्मी पन्त तिवारी, जिल्ला बचत संघका शिव प्रसाद आचार्य, नवदुर्गा साकोसका कोषाध्यक्ष हरिनारायण श्रेष्ठ, इन्द्रेश्वर साकोसका अध्यक्ष मनिकलाल श्रेष्ठ, सहयात्रा बहुउद्देश्यका अध्यक्ष गोविन्दप्रसाद न्यौपाने, रोशी साकोसका संचालक सदस्य बालकृष्ण कर्माचार्य, सामुदायिक साकोसका उपाध्यक्ष कुमार लामिछाने, ज्योति मिर्मिरे साकोसका संचालक कुमार के.सी, यस साकोसका सुदन बन्जारा, प्रहरी उपनिरिक्षक लगायत मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदिप के.सी र संस्थाका सल्लाहकार राजकुमार तिमल्सिना, दिपक शर्मा, एकिकृत क्लबका अध्यक्ष मदनकृष्ण सैँजूको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष काजीबहादुर खत्रीको सभापतित्वमा सम्पन्न १५ औं साधारण सभाको कार्यक्रम संस्थाका सचिव भरत राउलले संचालन गर्नुभएको थियो । बन्दसत्रको कार्यक्रममा माइन्युट सदरको लागि समिति गठन गरी लेखा परिक्षक र लाभांश पारित गर्दै सभापतिद्वारा संस्थाले गत आर्थिक वर्षमा गरेको कार्यहरु तथा आगामी वर्षको कार्यक्रमहरु र रणनीतिक योजनाका विषयमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.