इजरायलबाट आज राति नेपाली विद्यार्थी स्वदेश ल्याइँदै

काठमाडाैं । द्वन्द्वको चपेटामा परेको देश इजरायलबाट नेपाल आउने चाहने विद्यार्थीहरूलाई आज स्वदेश ल्याइने भएको छ । प्यालेस्टाइनी विद्रोही हमासले गरेको आक्रमणका कारण १० नेपाली विद्यार्थीहरूको निधन भएको छ ।

त्यससँगै त्यहाँबाट नेपाल फर्कन चाहेका विद्यार्थी आज (बिहीबार) आउने भएका छन् । नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गएराति त्यसतर्फ प्रस्थान गरेको थियो ।

उनीहरूलाई लिएर जहाज बिहीबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने छ। त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ।

नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थी ल्याउने विशेष योजना हो ।

इजरायलको ‘प्रोटोकल’ अनुसार निधन भएका विद्यार्थीहरूको तत्काल शव ल्याउन नमिल्ने तर सरकारले चाँडोभन्दा चाँडो शव ल्याउन समन्वय गरिरहेको परराष्ट्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.