दशैं गीत ‘परदेशी माटोमा’ सार्वजनिक

काठमाडौं । गायक नमराज ढुंगाना र विदुर श्रेष्ठको नयाँ दशैं गीत परदेशी माटोमा सार्वजनिक भएको छ । चाडवाड विशेष गरि दशैं तिहार आउँदा परदेशी भावुक बन्छन् । उज्वल भविष्यको झिनो आशामा आफ्नो जीवनलाई बन्धकी राखेर परदेशीने मनहरुप्रति समर्पित भावहरु बोल्ने गीतलाई कुसुम दुलाल (सिम्रन) र विदुर श्रेष्ठले लेखेका हुन् । ‘परदेशी माटोमा’ गायक नमराज ढुंगाना र कोपिला वाईबा तामाङले स्वरबद्ध गरेका छन् ।

गायक ढुंगानाको संगीत एवं विष्णु तामाङको संगीत संयोजनमा तयार भएको गीत विदेशी भूमिमा रहेर घरपरिवारसँग विछोडिएकाहरुप्रति समर्पित गरिएको छ ।
गीतको भिडियोतर्फ कुसुम दुलाल (सिम्रन), अनिल सेन्चुरी र लिलाराज बानियाँले सशक्त अभिनय गरेका छन् ।

विशाल गोङ्गबालले खिचेको भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन् ।

रोशन धितालको सम्पादनमा तयार गरिएको दशैं गीतको भिडियो मिलन फिल्मस्को आधिकारिक युट्युब च्यानल ‘मिलन फिल्मस’बाट सार्वजनिक गरिएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.