गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

पात्लेखेत । धुलिखेल नगरपालिका वडा नं. ११ स्थित पात्लेखेतमा गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बिहान ६ः१० बजे पात्लेखेतस्थित बीपी राजमार्गमा भकुन्डेबेसीबाट काठमाडौतर्फ आउँदै गरेको प्र १–०१–००१ च ८५९२ नम्बरको पिकअपले ५० वर्षीय पैदलयात्री यमुनाप्रसाद धिताललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका धितालको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, सवारी साधन र सवारी चालकलाई नियन्त्रणमा लिईे आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.