चाडपर्वका नाममा पोशाक किन्न बाध्य पारे कारबाही गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्वका नाममा बिद्यार्थीहरुलाई पोशाक किन्न बाध्य पारे कारबाही गरिने चेतावनी दिएको छ । विद्यालयहरूले नियमित पोशाकभन्दा बाहेक अन्य चाडपर्वका नाममा विभिन्न पोशाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि महानगरपालिकाले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

महानगर शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालयले अन्य पोशाक किन्न बिद्यार्थी अभिभावकलाई बाध्य पार्न नमिल्ने बताउनु भयो। ‘नियमित पोशाकमा एकरुपता ल्याउन विद्यालयले व्यवस्था गर्न सक्छ । तर त्यसबाहेक अन्य पोशाकका लागि विद्यार्थीलाई बाध्य पार्न नमिल्ने उहाको भनाई छ ।

महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको पाइए महागनरपालिकाको शिक्षा ऐन, २०७५ बमोजिम कारबाही गर्ने जनाएको छ । साथै, त्यस्तो गरेको थाहा पाए महानगरपालिकालाई जानकारी गराउन समेत सूचित गरेको छ । क्रीसमस नजिकिदै गर्दा नियमित पोशाक बाहेक अतिरिक्त पोशाकमा बिद्यालय आउन कतिय बिद्यालयहरुले बिद्यार्थीहरुलाई बाध्य पार्दै आएका छन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.