पर्यटनमन्त्री सुदन किरातीको अभिव्यक्तिमा आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

मन्त्री किरातीले ‘क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्’ भनी दिएको अभिव्यक्ति एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने भएको भन्दै राप्रपाले आपत्ति जनाएको हो।

राप्रपाले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्री किरातीले दिएको अभिव्यक्ति गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी भएको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ‘क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्’ भनी एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी छ।’

मन्त्री किरातीको अभिव्यक्तिप्रति पार्टीको गम्भीर आपत्ति भएको उल्लेख गर्दै राप्रपाले संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति मन्त्री पदमा रहिरहन उपयुक्त नहुने बताएको छ। उसले मन्त्री किरातीलाई बर्खास्त गर्न पनि माग गरेको छ।

त्यसैगरि विश्व हिन्दु महासँघका अध्यक्ष ऋषिकेश जङ्ग शाहले एक विज्ञप्ति जारी गर्दै मन्त्री किराँतीको अभिव्यक्ति संविधानको धारा १७, १८, २४,२६,३२ लगायतको विरुद्ध भएको भन्दै उनको अभिव्यक्ति स्तरहिन र खेदजनक भएको ठहर गरेको छ ।  महासँघको विज्ञप्तिमा थप भनिएको छ विमान सञ्चालमनमा युरोपियन युनियनले कालोसूचीमा राखेको सम्बन्धमा चुपचाप बस्ने, जनपक्षीय विषयमा चुक्क नबोल्ने तर इसाइ धर्मको प्रचार गर्ने भन्दै किराँतीलाई पदबाट बरखास्त गरि कानुन बमोजिम कारबाहीको माग गरेका छन् । ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.