युक्रेनमा गाँजा प्रतिबन्ध खुल्दै, बहुमत सांसदबाट विधेयक पारित

काठमाण्डौ । युक्रेनमा गाँजा प्रतिबन्ध कानुनी रुपमा खुल्ने भएको छ । बिहीबार युक्रेनी सदनमा भएको संसदिय मतदानमा २४८ सांसदले गाँजा कानूनी रुपमा खुला हुनुपर्ने पक्षमा मतदान गरेका थिए भने १६ जनाले विपक्षमा । संसदमा ३३ अनुपस्थित थिए भने ४० जनाले भोट नहालेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

बिहीबारको संसदिय छिनोफानोसँगै अबको छ महिनामा गाँजा कानुनी रुपमा खुला हुने भएको छ । यद्यपि, गाँजाको खुला औषधिय प्रयोजनको लागी मात्रै भएको रुसी च्यानलले उल्लेख गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा देशहरुले गाँजा खुलाएको उदाहरण दिँदै आफू पनि खुलाको पक्षमा भएको जनाउ दिएसँगै उनी कानुनी प्रमाणिकरणमा सकरात्मक भएको बताइएको छ ।

सन २०१६ बाटै युक्रेनमा गाँजा खुलाउने बहस सुरु भएको थियो । बहुसंख्यक युक्रेनी सांसदले गाँजा खुलाउने पक्षमा मतदान गरेपनि युक्रेनका पूर्वप्रधानमन्त्री युलिया तिमोसेन्कोले भने लागुऔषधको धन्दावालाहरुलाई खबौँ फाइदा हुने भन्दै विपक्षमा मतदान गरेका थिए । उनले यो कुरा अदालतबाट उल्टने उनको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.