अमेरिकाले जापानबाट पाएको मिसाइल प्रतिरक्षा प्रणाली युक्रेन पठाउने

काठमाडौं । हतियार निर्यातमा कानूनी प्रतिबन्ध लगाएको जापानले कानून संशोधन गरेसँगै मिसाइल प्रतिरक्षा प्रणाली अमेरिकामा पठाउने भएको छ ।
जापानले शुक्रबार अमेरिका पठाउने सार्वजनिक घोषणा गरेको हो । प्याट्रिओटिक मिसाइल प्रतिरक्षा प्रणाली जापानले अमेरिका पठाउने भएको छ ।

बीबीसीका अनुसार योसँगै अमेरिकाले सोही प्रणाली युक्रेन पठाउने छ । रुस-युक्रेन युद्धमा हतियार खपत गरेपछि अमेरिकी तथा पश्चिमा देशहरुको हतियार भण्डारण कमजोर भइरहेको समयमा जापानको यो निर्यातको समाचार आएको बीबीसीले उल्लेख गरेको छ । प्याट्रिओटिक मिसाइल प्रतिरक्षा प्रणाली युद्धको एक बलियो आधार मानिन्छ । युक्रेनले रुसी हवाई आक्रमणबाट प्रतिरक्षा गर्न यो प्रणाली प्रयोग गरिरहेको छ ।

दोस्रो विश्वयुद्धपछि जापानले आत्मरक्षाबाहेकको अवस्थामा युद्धमा नजाने कानूनी व्यवस्था गरेको थियो । तर, गत वर्षको संशोधनसँगै जापानले सन् २०२७ भित्र देशको अर्थतन्त्रले दुई प्रतिशत हिस्सा सैन्य क्षेत्रमा लगाउने बाटो खोलेको थियो । जापानले यसो गर्नुको पछि चीन र उत्तर कोरियाको जोखिम भन्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.