अन्तराष्ट्रिय फुटबलबाट बिशालको सन्यास

काठमाडौं । बिशाल श्रेष्ठले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । नेपाल सुपर लिग एनएसएलमा शुक्रबार चितवन एफसीका लागि अन्तिम खेल खेल्दै बिशालले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । नेपालको राष्ट्रिय फुटबल टिमबाट लामो समयदेखि खेल्दै आएका बिशाललाई नेपाल फुटबलमा अनुशासित र मेहनती फुटबलको रुपमा लिईन्छ ।

राष्ट्रिय फुटबल टिमबाट खासै अवसर नपाएको बिशालले क्लब स्तरमा आफुलाई धेरै अब्बल सावित गर्दै आएका छन् । बिशालले २०७८ साल भदौ २१ गते भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । तत्कालिन प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बिशाललाई राष्ट्रिय टिमबाट डेब्यु गराएका थिए ।

सन् २०११ मा पूर्वी टिमोरविरुद्ध खेल्दै गर्दा राष्ट्रिय टिममा परेका उनले लामो समय डेब्युका लागि प्रतिक्षा गर्न पर्यो । राष्ट्रिय फुटबल टिमको गोलपोस्ट कप्तान किरण चेम्जोङले लामो समयदेखि नेतृत्व गर्दा बिशालले अवसर भने निकै कम पाएका थिए । तर क्लब स्तरमा उनले आफुलाई सधै सफल खेलाडीको रुपमा मैदानमा प्रमाणित गरेका छन् । उनी यस सिजनको एनएसएलमा चितवनको मार्की खेलाडीको रुपमा रहेका थिए । उनको टिम प्लेअफमा पुग्न नसकेपनि लिगको अन्तिम खेलमा झापालाई हराउँदै सुखद अन्त्य गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.