कसरी दिने साइबर अपराधको अनलाइन जाहेरी ?

काठमाडौं । साइबर अपराधको विरुद्ध अनलाइनबाटै प्रहरी कार्यालयमा जाहेरी दिन सकिन्छ । जसको लागि निश्चित ढाँचा प्रयोग गर्नुपर्छ ।

साथै पीडित र पीडकसँग सम्बन्धित यूआरएल लिङ्क, नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र, घटनाको विवरण र सम्बन्धित स्क्रिनशट/विवरणहरू समेत आवश्यक पर्छ ।

एडोबी एक्रोबेट जस्ता सफ्टवेयर प्रयोग गरी अथवा प्रिन्ट गरेर तपाईंले उक्त फाराममा विवरण भर्न सक्नुहुन्छ । नेपाल प्रहरीका अनुसार निवेदनमा उल्लेख गर्नुपर्ने विवरण एवं कागजातहरू यस प्रकार छन्:

  • पीडित र पीडकसँग सम्बन्धित यूआरएल आईडी लिङ्क
  • नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमती पत्र) को प्रतिलिपी (दुवै तर्फको स्पष्ट बुझिने गरी)
  • बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी
  • घटना सम्बन्धी माध्यम/सञ्जाल र छोटकरी विवरण
  • ढाँचा बमोजिम स्पष्ट बुझिने गरि भरेर दस्तखत गरिएको निवेदन
  • घटनासँग सम्बन्धित Screenshot हरू
  • घटनासँग सम्बन्धित अन्य विवरणहरू

उल्लेखित विवरणहरू भरेपछि तपाईंले साइवर ब्युरो, भोटाहिटीको इमेल cyberbureau@nepalpolice.gov.np मा निवेदन पठाउनुहाेस् । अथवा नजिकको जिल्ला प्रहरी कार्यालयमा गई लिखित निवेदन दिन सक्नुहुनेछ । यो प्रक्रियामा कुनै समस्या भएमा ०१-५३१९०४४ अथवा ९८५१२८६७७० मा सम्पर्क गरेर मार्गनिर्देशन लिन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.