नेपाली स्टार्टअपको प्रवर्द्धनका लागि सूचना प्रविधि मेला हुने

काठमाडौं । सरकारले सूचना प्रविधिसम्बन्धी मेला गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली स्टार्टअपको प्रवर्द्धनका लागि यस्तो मेला गर्ने तयारी भइरहेको जानकारी दिएकी छन् ।

राजधानीमा शुक्रबार भएको आईसीटी अवार्ड २०२३ कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारीस्तरबाट यस्ताे प्रदर्शनी आयोजना हुन लागेको बताइन् ।

सूचना प्रविधि क्षेत्रका स्टार्टअपलाई प्रोत्साहन गर्नेगरी आईसीटी एक्जिबिसन, डिजिटल च्याम्पियन जस्ता कार्यक्रम राख्ने सरकारको तयारी रहेको मन्त्री शर्माले जानकारी दिइन् । कार्यक्रम नेपाल दूरसञ्चार प्राधिकरणको बजेट कार्यक्रममा समावेश भएको समेत उनले बताइन् ।

कृषि लगायत अन्य क्षेत्रसम्बन्धी महोत्सव धेरै हुने गरेपनि आईटी क्षेत्रमा यस्तो कार्यक्रम खासै नभएको पाइएकाले सरकारी स्तरबाट आईटी प्रदर्शनी गर्न लागिएको मन्त्री शर्माको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.