‘मिस अर्थ २०२३’ को उपाधि अल्बानियाकी द्रितालाई

काठमाडौँ । ‘मिस अर्थ २०२३’ को ताज अल्बानियाकी द्रिता जिरीले जितेकी छन् । शुक्रवार भियतनामको होचिमिन्ह सहरमा सम्पन्न प्रतियोगितामा ८४ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हाँसिल गरेकी हुन् । दक्षिण पूर्वी युरोपियन देश अल्बानियाले यो प्रतियोगिता पहिलो पटक जितेको हो ।

प्रतियोगितामा फिलिपिन्सकी एलना अदुआना फस्ट रनर अप र ‘मिस अर्थ एयर’ घोषित हुँदा भियतनामकी दोथी लाना सेकेन्ड रनर अप बन्दै ‘मिस अर्थ वाटर’ बन्न सफल रहिन् । प्रतियोगितामा थर्ड रनर अप र ‘मिस अर्थ फायर’ को उपाधि भने थाइल्यान्डकी कोरा ब्लिअल्टले हात पारिन् ।

यो वर्ष प्रतियोगितामा ८५ देशको सहभागिता रहेको थियो । यो पटकको प्रतियोगितामा बार्बाडियन गायक शोन्टेल, भियतनामी गायक जेकी, मोनो र सारा लुउले प्रस्तुति दिएका थिए ।

नेपालबाट सहभागी ‘मिस नेपाल अर्थ २०२३’ रेना मजगैयाँ अन्तिम २० मा समेत पुग्न सकिनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.